Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘सकम्बरी’ विवादबारे प्रकाश सपुतले खोले मुख, भन्छन् - समाजकै चित्त दुखाउने मेरो नियत होइन

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘सकम्बरी’को भ्युज करोड क्लबमा पुगेपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । सो गीतलाई लिएर विरोध भएपछि सपुतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनी यतिवेला अमेरिकामा छन् । सांगीतिक कार्यक्रम लिएर अमेरिका पुगेका गायक सपुतले धेरैले गीत सुनेर, हेरेर अनि टिकटक बनाएर मनोरञ्जन लिएको सुनाएका छन् ।

केहीले भने गीतको विषयवस्तुलाई गम्भीर रुपमा मनन गरेको र आफूलाई धन्यवाद दिएको उल्लेख गरेका छन् । उनले गीत १ करोड पटक हेरिएकोमा सबैलाई धन्यवाद दिँदै आफूले प्राप्त गरेको प्रतिक्रियाहरूलाई गम्भीर रुपमा मनन गरेको बताए । ‘सकम्बरी’माथि रात्रिकालीन मनोरन्जन व्यवसायी संघले जनाएको थियो ।

आफ्नो फेसबुक अकाउन्टमार्फत् सपूतले आधिकारिक संस्थाको विज्ञप्ति आइसकेपछि सम्बोधन गर्नुपर्छ भन्दै लेखेका छन्, ‘यो एउटा शैली हो। कथा निर्माण प्रक्रिया हो। यसलाई कुनै अधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला। यसलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनु होला।’

उनले पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको बताएका छन् । उनले ५ वर्ष साँझमा काम गर्दै गर्दा आफूले पनि थुप्रै अपमानजनक दृष्टिकोण खेपेको खुलाएका छन् । उनले आफू अमेरिकाबाट फर्केपछि दोहोरी साँझमा बसेर यसबारे छलफल गर्ने बताएका छन्। ‘म फर्किएपछि दोहोरी साँझमा बसेर समीक्षा गरौंला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला, कुनै मीठो भाका छान्दै गर्नु होला,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077