Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

मिर्चैया बजारमा स्थानीय र व्यापारीको प्रदर्शन

सिरहा । स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै सिरहाको मिर्चैया बजारमा स्थानीयले प्रदर्शन गरेका छन् ।

मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादवले आफूहरूमाथि ज्यादती गरेको भन्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

प्रदर्शनकारीले मेयर यादवको ज्यादती र शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिट गरेको भन्दै उनीहरूले पूर्वपश्चिम राजमार्ग अन्तर्गगत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरे ।

दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएका छन् । बिहान ११ बजे हनुमान चोकबाट निस्किएको विरोध र्‍यालीले राजमार्ग अवरुद्ध पारेको हो ।

बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिनुपर्ने लगायत माग गर्दै गत चैत २७ गतेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु र प्रहरीबीच बिहीबार नगरपालिका घेराउका क्रममा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077