Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठग्ने दाहाल पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी घर भई हाल टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । दाहालले वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार प्रहरीमा भर्ना गराइदिन्छु भनी १८ जनासंग ६३ लाख रुपैयाँ ठगी गरेका थिए ।

उनले प्रत्येक व्यक्तिबाट सात लाख रुपैयाँ लिएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दाहाल ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दाहाललाई हिजो झापाको भद्रपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077