Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शहीद पदम लिम्बुको अन्त्येष्टि आज गरिँदै

विराटनगर । प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका शहीद पदमकुमार लिम्बुको अत्येष्टि गरिँदै छ ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका अनुसार शवयात्रापछि शनिबार दिउँसो अन्त्यष्टि गरिन लागेको हो ।

आज बिहान १० बजे धरानमा, ११ बजे इटहरी र साढे १२ बजे रोडशेष चोक विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिने छ।

प्रदेश १ को नाम कोशी पारित भएपछि पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते भएको आन्दोलनका क्रममा प्रहरीको लाठी लागेर घाइते लिम्बुको उपचारकै क्रममा चैत १० गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077