Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माधव नेपालले भने – कम्युनिष्ट पार्टीहरु आफ्ना कजोरी सुधार गर्न सक्दैनन्

    माधव नेपालले भने – कम्युनिष्ट पार्टीहरु आफ्ना कजोरी सुधार गर्न सक्दैनन्

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 549
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरुबीच छलफलको आवश्यकता रहेको बताएका छन् ।

    काठमाडौंमा शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु एकजुट हुन सक्नु दुःखद् भएको बताए।



    अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट पार्टीहरु यति धेरै छन् भने तिनिहरु किन मिल्न सक्दैनन् ? बसेर छलफल गर्न सक्दैनन्रु विषयहरुको बारेमा गहन विश्लेषण गदैनन् ? आफ्ना कमिकजोरी खोजेर सुधार गर्न सक्दैनन् ? आपसमा एकता गर्न सक्दैन भने सिंगो देशलाई कसरी एकता गर्लान्?’

    कम्युनिष्ट पार्टी भ्रष्ट, व्यक्तिवादी र सत्तामा पुगिसकेपछि अहंकारको प्रवृत्ति बढ्ने गरेको बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै सत्तामा पुगेपछि अरुलाई अपमान गर्ने गरेको टिप्पणी गरे।

    अध्यक्ष नेपालले विचार र भावना मिल्नेहरुबीच पार्टी एकता गरेर जान सकिने बताए। अलग अलग पसल थापेर बसेको केही फाइदा नभएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार