विराटनगर । पहिचान पक्षधर र सुरक्षाकर्मीबीच कोसी प्रदेशको राजधानी विराटनगरमा शनिबार दिउँसो झडप हुँदा १० जना घाइते भएका छन्।
प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको हो ।
झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।
त्यस क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।
झडपका क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर बाँस, भाटा, लाट्ठी, फलामका रड र बियरको बोतल प्रहार गरेको थिए ।