Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा उडान-अवतरण अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध भएको छ ।

विमानस्थल स्रोतका अनुसार सञ्चार उपकरणमा समस्या आएपछि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।

जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको थियो।

दिउँसो २ः३० देखि ३ः२० सम्म आएको समस्या सुल्झिएसँगै अहिले आन्तरिकतर्फको उडान तथा अवतरण समेत नियमित भइसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077