Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चेम्बरले अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुखलाई बुझायो ज्ञापनपत्र

    चेम्बरले अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुखलाई बुझायो ज्ञापनपत्र

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 447
    SHARES

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सभामुख देवराज घिमिरेलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

    अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन आग्रह गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।



    चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने भन्दै उक्त व्यवस्थाप्रति आपत्ति जनाएको हो ।



    सभामुख घिमिरेले भने निजी क्षेत्रमैत्री कानून निर्माण गर्न आफूले प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार