Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घोषणा अघि नै हार स्वीकार गर्दै कांग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई

    घोषणा अघि नै हार स्वीकार गर्दै कांग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई

    अब ठूला दल कि सच्चिनुपर्छ कि सक्किनु पर्छ

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 606
    SHARES

    चितवन । हार्ने निश्चित भएपछि चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाइ दिएका छन् ।

    ३७ हजारबढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।



    मतगणना स्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापति समेत रहेका रविलाई बधाइ दिए ।



    चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।

    श्रेष्ठले रविलाई बधाई दिएर संचारकर्मीहरुसँग कुरा गर्दै अब ठूला दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले ठूला दलहरुले अब कि त सच्चिनुपर्छ कि सक्किनुपर्छ भन्दै कांग्रेस सक्किने भन्दा पनि सच्चिने तर्फ जाने विश्वास व्यक्त गरे।

    उनले भने–‘ठूला दलहरु या त सच्चिनु पर्छ या त सक्किनु पर्छ भन्ने सन्देश परिणामले दियो कांग्रेसमात्र होइन एमालेको पनि त्यस्तै छ। हामीलाई सक्किनु छैन। त्यसैले अब सच्चिनुपर्छ।’

    आफू रवि लामिछानेलाई बधाई दिन आएको बताउँदै उनले भने‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’

    उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रुपमा रविको राम्रा काममा सहयोग रहने बताए ।

    पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ४७ हजार ५७४ मत पाएका छन् भने श्रेष्ठले ८ हजार ८२३ मत पाएका छन् ।

    त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ५७४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३२० मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार