Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतको गुन गर्व गर्न लायक काम गरेर तिर्छु : स्वर्णिम वाग्ले

तनहुँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।

तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने बताएका उनले भने–‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु । जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’

सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रमाणपत्र वितरण कार्यक्रममा पराजित भएका नेपाली काग्रेसका नेता गोविन्द भट्टराई समेत पुगेका थिए । कार्यक्रममा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार भट्टराइले माला लगाइदिएर बधाई दिएका थिए ।

विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई र शुभकामना दिए । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा भट्टराईले २० हजार ९२ मत ल्याएका थिए।

वाग्ले निर्वाचित भएपछि आजै बिहान भट्टराईले बधाई दिँदै आफ्नो रचनात्मक सहयोग रहने बताएका थिए । उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल साबित हुन शुभकामना पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077