Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्री अमनलाल मोदी स्वदेश फिर्ता

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागि भई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् ।

मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर झण्डै डेढ साताको भ्रमणपछि गएराति दोहा हुँदै स्वदेश फर्किएका हुन् ।

सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्दै नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारु समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए ।

सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा छलफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077