Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्री अमनलाल मोदी स्वदेश फिर्ता

    मन्त्री अमनलाल मोदी स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 573
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागि भई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् ।

    मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर झण्डै डेढ साताको भ्रमणपछि गएराति दोहा हुँदै स्वदेश फर्किएका हुन् ।



    सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्दै नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारु समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए ।



    सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा छलफल भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार