Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रास्वपाका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

    रास्वपाका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 645
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् ढाकाकुमार श्रेष्ठ आजबाट पद मुक्त भएका छन्।

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनमा उनको सांसद पद रिक्त भएको
    जानकारी गराउने भएका छन् ।



    बैठकको कार्यसूचीको पहिलो बुँदामा सभामुखले दलबाट निष्काशन गरेको सूचनाको जानकारी गराउने विषय रहेको छ ।



    समानुपातिक कोटाबाट सांसद् बनेका श्रेष्ठलाई रास्वपाले कारबाही गरेको पत्र दिएसँगै सभामुख घिमिरेले पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

    एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार