Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनले भने - म लास्टमा ट्रक ड्राइभर बन्नसक्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ ।

बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भर्चुअल माध्यमबाट कार्यक्रम उदघाटन गरेका हुन् ।

तालिम सुरू गर्दै मेयर बालेन कुनै पनि काम ठूलो–सानो नहुने र आफुलाई सानैदेखि ट्रक ड्राइभर बन्न मन लागेको बताए।

मेयर बालेनले भने, ‘म मेयर नभएको भए इन्जिनियरिङको काम गर्थे होला । मलाई सानैदेखि ट्रक ड्राइभर बन्न म थियो। ड्राइभर हुन्थे होला । म लास्टमा ट्रक ड्राइभर बन्नसक्छु । त्यो स्किल मसँग छ । मलाई गाडी चलाउन आउँछ ।’

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको मेयर बालेनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077