Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछानेले भने – हामीले कुनै उम्मेदवारविरुद्ध गलत बोलेका छैनौं

    रवि लामिछानेले भने – हामीले कुनै उम्मेदवारविरुद्ध गलत बोलेका छैनौं

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 417
    SHARES

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको क्रममा आफूहरूमाथि भएको अपमानको जवाफ जनताले दिएको बताएका छन् ।

    चितवन २ बाट निर्वाचित भएपछि विजय जुलुसलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।



    लामिछानेले भने, ‘हामीले कुनै उम्मेदवारका विरुद्ध गलत कुरा बोलेका छैनौं । सबै उम्मेदवारलाई सम्मान दिएका छौं । जतिपनि उम्मेदवार हुनुहुन्छ । सबैप्रति सम्मान र आदरभाव व्यक्त गर्न चाहन्छु ।’



    चुनाव प्रचारमा केही मान्छेहरुले विभिन्न लाञ्छना र आरोपहरू लगाउनुका साथै अपमान गरेपनि त्यसमा ध्यान नदिएको लामिछानेले बताए ।

    निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा उनले माफी मागे । लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको टिप्पणी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार