Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानडा पठाईदिन्छु भन्दै ९ लाख ठगी गर्ने विपना प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका १८ घर भई गोकर्णेश्वर नगरपालिका बस्ने विपना कुँवरले रहेकी छन् ।

पक्राउ परेकी कुँवरले वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ९लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कुँवरले क्यानडा पुगेपछि वोइटरमा काम लगाई दिने र राम्रो कमाई हुने भन्दै सुनिता गोतामेसंग ९ लाख रुपैयाँ लिएर भागेकी थिईन् ।

कुँवरले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुँवरलाई आज जम्बुडाँडाबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी कुँवरलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077