Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिङगापुर पठाईदिन्छु भन्दै लाखौँ ठगी, ओमनाथ मैनाली पक्राउ

काठमाडौं । प्रहरीले सिङगापुर पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका १ स्थाई घर भई हाल गोंगबु नयाँ बसपार्क बस्ने ओमनाथ मैनाली रहेका छन् ।

मैनालीले वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई दिने भन्दै मिन बहादुर रानासंग ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

उनले सिङगापुर पुगेपछि होटलमा काम लगाई दिने र राम्रो कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

मैनाली ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मैनालीलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका मैनालीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077