Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बारा–२ मा शिवचन्द्र कुशवाहले घटाए उपेन्द्रसँगको मतान्तर

काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जसपाका उम्मेदवार यादवसँगको मतान्तर घटाउँदै लगेका हुन्।

प्राप्त मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३ हजार ३५० छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077