Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र क्युवाका राजदूत एलेजान्ड्रोबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच भेटवार्ता भएको छ ।

घिमिरे र मारिनबीच बुधबार सिंहदरवारमा शिष्टाचार भेट भएको हो ।

भेटका क्रममा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको बताईएको छ ।

सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको बताए।

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077