Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मनमोहन अधिकारीको शालिकमा ओलीले गरे माल्यार्पण

    मनमोहन अधिकारीको शालिकमा ओलीले गरे माल्यार्पण

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 474
    SHARES

    काठमाडौं । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।

    अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा बुधबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा पुगेर उनले माल्यार्पण गरेका हुन् ।



    नेकपा एमालेले मनाएको स्मृति दिवसमा नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवालीलगायतका नेताहरूको उपस्थिति थियो ।



    २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंमा हृदयघात भएपछि उपचारका क्रममा अधिकारीको निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार