Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

उपनिर्वाचनले कांग्रेसको गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दियो : मीनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले उपनिर्वाचन परिणामले कांग्रेसलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।

उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा विजयीहरूलाई बधाई तथा शुभकामना दिँदै नेता रिजालले कांग्रेस आफूलाई गतिशीलता पुनर्स्थापित गर्नुपर्ने बताएका हुन् ।

नेता रिजालले सामाजिक संञ्जाल फेसबुकमा  लेखेका छन्, 'उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले तथा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्राप्त सफलताका लागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना । हाम्रा लागि कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’

वैशाख १० को उपनिर्वाचन परिणामले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश दिएको उनको भनाई छ ।

कांग्रेसले उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ र चितवन २ मा पार्टीबाट उम्मेदवार उठाए पनि पराजित भएका थिए भने बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077