Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिको सचिवालयले भन्यो - राष्ट्रपतिको परिवारले दैनिक भ्रमण भत्ता पाउने भन्दै भ्रम फैलाइयो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले विदेशमा उपचार गराउने राष्ट्रपतिको चाहना नभएको बताएको छ ।

सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उनलाई थप उपचारका लागि भारत लगिएको प्रस्ट पारेको हो ।

राष्ट्रपति पौडेलको सचिवालयले भनेको छ, 'सम्माननीय राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदा हुँदै पनि चिकित्सकहरूको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विषेश आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको हो । यो कुरा सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको यथार्थलाई यहाँ स्मरण गराउन चाहन्छौं।'

भ्रमण भत्ता लगायतका विषयमा भ्रम फैलाएको भन्दै सचिवालयले ध्यानाकर्षणसमेत जनाएको छ। यो कुरा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा नै बताइसकेको विज्ञप्तिमा उल्लेख छ ।

छातीको इन्फेक्सन भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको थियो। उनको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077