Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र स्वर्णिमसंग सहकार्य गर्ने गगनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनको परिणामले जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै अगाडी बढनु पर्ने सन्देश दिएको बताएका छन् ।

उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा विजयीहरूलाई बुधबार बधाई तथा शुभकामना दिँदै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रास्वपा अध्यक्ष रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई सम्मुनति र सुशासनका लागि सहकार्य हुने बताएका छन् ।

महामन्त्री थापाले अहिले नेपाली कांग्रेसको सबै तहमा यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी भएको बताए।

महामन्त्री थापाले भने, 'पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।'

उनले लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि प्रयत्न गर्दै आए पनि आम चाहनाअनुरुप अपेक्षित परिणाम नआएको स्वीकारेका छन्।

थापाले बुधवार साँझ वक्तव्यमार्फत विभिन्न क्षेत्रबाट आएका सुझाव,विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्ष गर्ने घडी आएको बताएका छन् ।

महामन्त्री थापाले छिट्टै नै दृढ संकल्पका साथ कांग्रेस रुपान्तरणको ठोस नीति,योजना र कार्यक्रमसहित स्पष्ट मार्गचित्र लिएर आउने र त्यसलाई सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077