Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सुडानमा रहेका चिनियाँ नागरिकको उद्धारमा नौसेना परिचालन

    सुडानमा रहेका चिनियाँ नागरिकको उद्धारमा नौसेना परिचालन

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 654
    SHARES

    एजेन्सी । चीनले सुडानबाट आफ्ना नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको छ । चीनको रक्षा मन्त्रालयले द्वन्द्वग्रस्त सुडानबाट करिब ८ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको हो ।

    सुडानमा सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको छ । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे भने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।



    संयुक्त राज्य अमेरिका र साउदी अरबले मध्यस्थता गरेपछि सुडानी सशस्त्र बल एसएएफ र ¥यापिड सपोर्ट फोर्सेस आएसएफ ७२ घण्टा युद्धविराम गर्न सहमत भएका छन् । युद्धविराम भएपछि विश्वका विभिन्न मुलुकले दूतावासका कर्मचारी र नागरिकलाई सुडानबाट सतह, हवाई र समुद्री मार्गबाट उद्धार गरिरहेका छन् ।



    सन् २०२२ को मध्यसम्ममा एक सय ३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ एक हजारको हाराहारीमा चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ । चीनले सुडानलाई अफ्रिकामा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार