Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी, लाजिमपाटबाट सयना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छिन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077