Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल पठाईदिन्छु भन्दै २१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घ्यालचोक गाएँपालिका ८ घर भई हाल जिल्ला ललितपुर गोदावरी नगरपालिका बस्ने दुर्गा बहादुर रेग्मी र कमला रेग्मी रहेका छन् ।

सुजन कार्कीसहित ३ जनालाई ठगेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । पोर्चुगलको सपना देखाएर उनीहरुले २१ लाख ठगेको पाइएको छ ।

विभागको आग्रह अनुसार नै उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077