Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • बाजुराको दहकोट केन्द्रबिन्दु भएर मध्यरातमा ४.९ र ५.९ म्याग्निच्यूडको दुईपटक भूकम्प

    बाजुराको दहकोट केन्द्रबिन्दु भएर मध्यरातमा ४.९ र ५.९ म्याग्निच्यूडको दुईपटक भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 567
    SHARES

    काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो।

    बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।



    बडिमालिका नगरपालिकाका उपमेयर नन्दा थापाका अनुसार भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए।



    बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए। क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
    भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार