Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनमा विजयी सांसद लामिछाने र वाग्लेले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संसद सचिवालयमा शपथ खुवाएका हुन् ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।

बारा २ बाट निर्वाचित सांसद् उपेन्द्र यादवको भने आज शपथ भएन् ।  यादवको कार्यव्यस्ताको कारणले आज शपथ नभएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077