Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारलाई सांसद खतिवडाको प्रश्न - अयोग्यलाई दुई लाख दिने भए योग्यले कति पाउने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आर्थिक संकटका बेला सरकारको पैसा बाँड्ने काम बन्द गर्नुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

सांसद खतिवडाले भने, ‘सबै देशका नागरिकहरु योग्य छन् ।अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने सरकारले निर्णय गरोस् अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ।’

यस्तै, सांसद खतिवडाले सभामुख घिमिरेलाई एमाले सांसद कोइलीलाई निलम्बित गर्नुपर्ने हो वा होइन भन्नेबारे सदनलाई जानकारी गराउन पनि आग्रह गरे ।

सांसद खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकहरुमा अनुपस्थित हुँदा पनि संसदीय समितिमा समेत राखिएको भन्दै विरोध गरे ।

उनले प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारण माग गरे ।

जवाफमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली पारित भइसकेपछि सांसद कोइरीका विषयमा कुनै जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077