Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य

    संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 387
    SHARES

    काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।



    कार्यवाहक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् ।



    बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए ।

    प्रतिनिधिसभाको शुक्रबारको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो ।

    ढिला गरी बसेको अर्को बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उनको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराएका थिए ।

    यसैगरी बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार