Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पश्चिम नेपालमा ८ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण

काठमाडौं । पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ।

यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा र भारतसँग जोडिएका भूभागमा कुनै पनि समय आठ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण गरेको छ।

वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले त्यति ठूलो भूकम्प केही वर्ष वा दशकभित्र जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । उनले भने, “जुन दिन शक्ति धान्न नसकिने अवस्थामा पुग्छ त्यही बेला धर्तीबाट भूकम्पको स्वरूपमा शक्ति बाहिर निस्कन्छ।”

त्यस भेगमा करिब पाँच सय वर्षयता ठूलो भूकम्प गएको छैन। त्यसैले पनि ठूलो भूकम्प जाने सम्भावना बलियो हुँदै गएको तर्क भूकम्पविद्हरूको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077