Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, आज राति स्वदेश फर्किने

काठमाडौं । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल (एम्स)मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् ।

राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएसँगै राष्ट्रपति पौडेल आज नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'उहाँको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।’

उपचारमा संलग्न चिकित्सकहरूले केही हप्ता आराम गर्ने सुझाव दिएका छन्।  वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स०मा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि भर्ना भएका थिए । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077