Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश नियुक्त नभएको भन्दै बारले सुरु गर्‍यो धर्ना

    प्रधानन्यायाधीश नियुक्त नभएको भन्दै बारले सुरु गर्‍यो धर्ना

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 585
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनले लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त नभएको भन्दै दबाबमूलक कार्यक्रम सुरु गरेको छ ।

    बार एसोसिएसनको अगुवाइमा एसोसियसनको भवन अगाडि भइरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।



    आईतबार उनीहरूले स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर जस्ता टेम्पलेट लिएर आन्दोलनमा गरेका थिए ।



    प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादनमा असर पुगेको भन्दै यो अवधिमा संवैधानिक निकायका प्रमुखलाई दबाब दिने कार्यक्रम रहेको बारले जनाएको छ ।

    बारले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र आन्दोलन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार