Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ३० लाख ठगी, दरबारमार्गबाट सञ्जय रेग्मी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने सञ्जय रेग्मी रहेका छन् ।

पक्राउ परेका रेग्मीले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु भन्दै ३० लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका रेग्मीले अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम काम लगाई दिने र राम्रो कमाई हुने भन्दै अमृता गुरुङसंग ३० लाख रुपैयाँ लिएर भागेका थिए ।

रेग्मीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रेग्मीलाई आज दरबारमार्गबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रेग्मीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077