Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीलाई लिङ्देनको जवाफ – विदेशी एजेण्डाको भरिया बन्नु भन्दा मुर्ख र फटाहानै हुने

    ओलीलाई लिङ्देनको जवाफ – विदेशी एजेण्डाको भरिया बन्नु भन्दा मुर्ख र फटाहानै हुने

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 585
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको एजेण्डा भरिया बन्नुभन्दा मुर्ख र फटा नै हुनु सही भएको टिप्पणी गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँँदै लिङ्देनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् ।



    आइतबार एक कार्यक्रममा एमाले अध्यक्ष ओली राजतन्त्रको मुद्दा बोक्नेहरु फटाह र मुर्ख बाहेक अरु हुन नसक्ने टिप्पणी गरेका थिए । साथै जापानी र बेलायती जनता त महा फटाह र महा मुर्ख भए हैन त ? भन्दै प्रश्न गरे ।



    उनले यस्तो अदभूत ज्ञान चाहिँ कहाँबाट प्राप्त हुन्छ भन्दै प्रश्न गरेका छन्। लिङ्देनले ट्विटरमा लेखेका छन्, ‘हामी त फटाहा र मुर्ख मात्र रहेछौं जापानी र बेलायती जनता त महा फटाहा महा मुर्ख भए हैन त केपी ओली ज्यूरु हैन यस्तो भाष्य र अदभुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईंलाई ? विदेशी एजेण्डाको भरिया बन्नु भन्दा त मुर्ख र फटाहानै हुने।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार