Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • हामी मर्न तयार छौँ, आन्दोलनबाट पछि हट्दैनौँ : राजेन्द्र लिङ्देन

    हामी मर्न तयार छौँ, आन्दोलनबाट पछि हट्दैनौँ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू आन्दोलनबाट पछि नहट्ने बताएका छन् ।

    उनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बरु मर्न तयार हुने तर आन्दोलनबाट पछि नहट्ने बताएका हुन् ।



    उनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए ।



    निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले आन्दोलन नरोकिने बताए ।

    यस्तै अध्यक्ष लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार