Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राप्रपा अध्यक्ष लिङ्देनले भने – मौका मिले राज्य प्रणाली र संविधान नै परिवर्तन गर्छौं

    राप्रपा अध्यक्ष लिङ्देनले भने – मौका मिले राज्य प्रणाली र संविधान नै परिवर्तन गर्छौं

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 336
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार चलाउने मौका मिले राज्य प्रणाली र संविधान नै परिवर्तन गर्ने बताएका छन् ।

    आगामी चैत २७ गते राजधानी केन्द्रित प्रदर्शन र आन्दोलनको तयारीस्वरूप मधेश भ्रमणका क्रममा रहेका अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले राप्रपाको मान्यताहरू उल्लेख नभएको संविधान नमान्ने बताए।



    अध्यक्ष लिङ्देनले भने,‘मौका मिलेको अवस्थामा राज्य प्रणाली र संविधान नै परिवर्तन गछौं ।’



    देशले पुनः विद्रोहको बाटो व्यहोर्नु नसक्ने भएकाले मात्र संविधानसँग सहकार्य गरी आफ्नो मान्यता स्थापित गर्न लागिरहेको अध्यक्ष लिङ्देनको भनाई छ ।

    संघीयतालाई संस्थागत गर्न अग्रणी योगदान गरेको मधेसले गणतन्त्रबाट उपलब्धि नपाएको बरु संघीयताका कारण प्रताडित बनेको उनको टिप्पणी थियो ।

    हिन्दुत्वको भावना बलियो रहेको मधेशले धर्मनिरपेक्षता घोषणाका कारण हिन्दुत्वमा संकट पैदा भएको बुझ्न थालेको र मियोका रूपमा राजतन्त्रको आवश्यक्ता महशुस गरेको उनले बताए ।

    मिटरव्याज, सहकारी, लघुबित्त, बैंक र बित्तिय संस्थाबाट मधेश पीडित रहेको र भ्रष्टाचार, बेरोजगारी बढेको उनको विश्लेषण थियो ।

    गठबन्धनलाई स्वार्थको गठजोड बताएका लिङ्देनले सत्तालाई स्वार्थअनुकूल रक्षकवचका रूपमा प्रयोग गर्ने प्रधानमन्त्री नै अस्थिरतातर्फ गएपछि राप्रपा सत्तामा सामेल नभएको बताए ।

    उनले सरकार प्राथमिकताको विषय नरहेको तर प्रदेश सरकार गठनमा गणितिय हिसाबले राप्रपाको अनिवार्यता देखिए छलफल गर्न सकिने बताए । त्यस्का लागि कतैबाट औपचारिक प्रस्ताव भने नआएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार