Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेट

    राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 282
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।

    बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाको लगानी र भूमिका सम्बन्धी विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेको राप्रपाले जनाएको छ ।



    राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको जानकारी गराएका थिए ।



    राजदूत थम्पसनले अमेरिकी सहयोग नेपालको विकास र सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको बताए ।

    भेटका अवसरमा अध्यक्ष लिङदेनले सरकारलाई ४० बुँदे माग पेश गरेको र काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको जानकारी राजदूत थम्पसनलाई गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार