Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • सरकारलाई दिएको समर्थनबारे निर्णय लिन रास्वपा बैठक सुरु

    सरकारलाई दिएको समर्थनबारे निर्णय लिन रास्वपा बैठक सुरु

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 555
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

    काठमाडौंको बसुन्धरास्थित रास्वपा केन्द्रीय कार्यालयमा बैठक केही बेरअघिबाट चलिरहेको छ ।



    सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्नेलगायत विषयमा निर्णय लिन बैठक बसेको हो ।



    रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालका अनुसार बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयनबारे औपचारिक निर्णय गर्नेछ ।

    आइतबार बालुवाटार पुगेका रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरेका थिए।

    केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्ने रास्वपाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार