Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

१६ ब्रोकर कम्पनीलाई लाईसेन्स दिने धितोपत्र बोर्डको निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई धितोपत्र व्यवसायीको आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ ।

धितोपत्र बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको हो ।

आशय पत्र पाएका १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ ।

त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिइने छ ।

आशय पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज,भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077