Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध

धादिङ। पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।

धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको हो ।

पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवातजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ। अहिले बाटो मर्मत गर्ने कामसमेत भइरहेको छ ।

यातायात पुन: सञ्चालन हुन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077