Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्धनको मूल्य भारतबाट घटेर आयो, नेपालमा भने यथावत्

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार सोमबार आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले हरेक १५– १५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ ।

खाना पकाउने ग्यासको हकमा एकरएक महिनामा मूल्यसूची पठाउँछ । सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । तर निगमले यसपटक मूल्य यथावत राख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077