Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्धनको मूल्य भारतबाट घटेर आयो, नेपालमा भने यथावत्

    इन्धनको मूल्य भारतबाट घटेर आयो, नेपालमा भने यथावत्

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 786
    SHARES

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

    नेपाल आयल निगमका अनुसार सोमबार आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।



    त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले हरेक १५– १५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ ।



    खाना पकाउने ग्यासको हकमा एकरएक महिनामा मूल्यसूची पठाउँछ । सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । तर निगमले यसपटक मूल्य यथावत राख्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार