Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदै

    प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 936
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी हुने भएको छ ।

    रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी हुने भएको छ ।



    सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत भएको ब्रिफ्रिङ गरेका छन् ।



    सत्तारूढ दलबीच थप सहमति एवं छलफलका लागि प्रधानमन्त्री प्रचण्डले समय माग गरेकाले सरकारमा सहभागी हुने कि नहुने भन्ने’दयगत निर्णय आउँदो शुक्रबारको बैठकमा गर्ने रास्वपाले जनाएको छ ।

    रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टी सभापति लामिछानेले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड तयार रहेको जानकारी दिए ।

    केन्द्रीय समितिको बैठकपछि प्रवक्ता ढकालले सत्तारूढ दलबीच समेत थप छलफल गर्नुपर्ने भएकाले सरकारमा सहभागी हुने शुक्रबारको बैठकबाट निर्णय गरिने बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार