काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्रमा संगठनले चाहे अनुसारको सरुवा र बढुवा भएको दाबी गरेका छन् ।
सोमबार सशस्त्र प्रहरी बलले एक वर्ष अवधिमा भएका कामबारे जानकारी दिने क्रममा आईजीपी अर्यालले यस्तो दाबी गरेका हुन् ।
आफूले नेतृत्व सम्हाले देखि सशस्त्र प्रहरी बलमा संगठनले चाहे अनुसारको सरुवा र बढुवा भएको उनले बताए । उनले भने, ‘यो विषयमा सकरात्मक सन्देश दिँदा सबै संगठनलाई राम्रो हुन्छ ।’
साथै उनले सशस्त्र प्रहरी बल राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको दाबी गरे । सशस्त्र प्रहरीमा सादा पोशाकका सुरक्षाकर्मी हटाइएको पनि आईजीपी अर्यालले जानकारी दिए ।