Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षीको अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टा स्थगित

रूपन्देही । लुम्बिनी प्रदेश सभाको मंगलबार बसेको दसौँ बैठक विपक्षी दलहरुको विरोधपछि स्थगित गरिएको छ ।

विरोधपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

आजको बैठकमा प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वास मत लिने कार्यसूची रहेको थियो ।

तर, विपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सदन मार्फत पेश गर्नुपर्ने माग राख्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077