Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५ लाख चोरी गरी फरार रहेका मोक्तान भक्तपुरबाट पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका-२ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।

मोक्तान मुस्ताङमा चोरी गरी फरार रहेका थिए । मोक्तानलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक-५ जगातिबाट पक्राउ गरेको हो ।

मोक्तान २०७९ साल पुस १२ गते मुस्ताङ बारागुङ स्थित छिरिङ खाजा घरको झ्यालबाट प्रवेश गरी ५ लाख चोरी गरी फरार भएका थिए ।

पक्राउ परेका मोक्तानलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077