Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शपथ लिएपछि उपेन्द्रले भने- सरकारमा जानेबारे पार्टीमा छलफल गरेर छिट्टै निर्णय गर्छौं

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी उनले मंगलबार सांसद पदको शपथपछि बोल्दै राजनीतिक अस्थीरताले कसैलाई हित नगर्ने भन्दै आफू सरकारको स्थायित्व पक्षमा रहेको बताएका हुन् ।

२–३ महिनामा सरकार परिवर्तन भइरह्यो भने देशको हितमा नहुने भएकाले दलहरुबीच वृहत समझदारी जरुरी रहेको यादवको भनाइ थियो ।

अध्यक्ष यादवले आफ्नो पार्टीको तर्फबाट सरकारमा को जाने भनेर पार्टीमा छलफल गरेर छिट्टै निर्णय गर्ने पनि बताए । जसपाको भागमा वन मन्त्रालयमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077