Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कम्बोडीया पठाईदिन्छु भन्दै लाखौँ ठगी, राजु श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीले कम्बोडीया पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका-९ स्थाई घर भई हाल भक्तपुर जगाती बस्ने राजु श्रेष्ठ रहेका छन् ।

राजुले वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाई दिने भन्दै बिजु कार्कीसंग ७ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

उनले कम्बोडीया पुगेपछि आरएफसी सेक्युरेटी गार्डमा काम लगाई दिने र मासिक एक लाख भन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राजु ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राजुलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका राजुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077