Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त राजेन्द्र पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्‍ने राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ माघ २७ गते २६ लाख जरिवाना र २ वर्ष कैद सुनाएको थियो। तर उनी फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077